जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाह

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले ‘जेनजी सांसद’हरूसँग छलफलमा गर्नु भएको छ ।
प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको हो।
बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्ला दिन जेनजी आन्दोलनका शहीद परिवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वबीच सार्वजनिकरुपमै आरोप प्रत्यारोप चलिरहेको बेला जेन्जी उमेर समुहका सांसदसँग भएको छलफललाई महत्वका साथ हेरिएको छ ।
जेनजी दिवसको दिन बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको प्रस्तुति र विवादित धर्म गुरुको सहभागितालाई लिएर रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रश्न उठाएपछि शुरु भएको विवाद संसदसम्म पुगेको छ ।
शहीद परिवारका सदस्यको तर्फबाट धितालमाथि आक्रमणको धम्की आएको भन्दै प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका महामन्त्री विपिन आचार्यले आपत्ति जनाउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्