जगतबाट ६ जनाको हवाई उद्धार,प्रभावितदलाई स्थानान्तरण गर्न हेलिकप्टर परिचालन

काठमाडौं — गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम (Composite Quick Reaction Team) समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.