आफूविरुद्धका समाचार भ्रामक भएको प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति

काठमाडौँ- प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताउनुभएको छ ।

प्रधानन्यायाधीश डा शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएको समाचार झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रचार गरिएको उल्लेख गर्नुभएको छ ।

यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको उहाँले विज्ञप्तिमार्फत भर्त्सना गर्नुभएको छ।  साथै प्रधानन्यायाधीश शर्माले यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्नुभएको छ ।

यसैबीच सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले पनि आज केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले जनमानसमा भ्रम छर्ने ढङ्गले समाचार आएको भनी खण्डन गर्नुभएको छ ।

न्यायाधीश फुयालले आज पत्रकारहरुसँग कुरा गर्दै आफूसँग जोडिएर आएको विषय झुटो र भ्रामक भएको स्पष्ट पार्नुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.