विराटनगरले दियो जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । विराटनगरकालागि लोकेश बमले ५०, इमरान शेखले ५६ र आन्द्रे रसेलले अविजित रहँदै ५२ रन जोडेका थिए ।
जनकपुरकालागि अभिषेक तिवारीले २ र मोइन अलीले १ विकेट थिए ।
अंक तालिकामा जनकपुर दोस्रो स्थानमा रहेको छ भने विराटनगर छैठौं स्थानमा रहेको छ ।
आजै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।।






प्रतिक्रिया राख्नुहोस्