एनटीभी र महालेखा परीक्षकको कार्यालयबीच सहकार्य हुने

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजन र महालेखा परीक्षकको कार्यालयवीच सुशासनका लागि कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सहकार्य सम्झौता भएको छ । सुशासन प्रवर्द्धन र वित्तिय अनुशासन कायम गर्न सहकार्य सम्झौता भएको हो ।
सम्झौता अनुसार नेपाल टेलिभिजनले ‘सुशासन सवाल’ नामक कार्यक्रमको उत्पादन तथा प्रसारण गर्नेछ ।
महालेखा परीक्षकको कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र नायव महालेखा परीक्षक बालकृष्ण थापाले सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले सुशासन प्रवर्द्धनका लागि कार्यक्रम महत्वपूर्ण भएको वताउनुभयो ।
उहाँले टेलिभिजन कार्यक्रमबाट वित्तीय अनुशासन र सुशासन कायम गर्न योगदान पुग्ने पनि व्यक्त गर्नुभयो ।
यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले वित्तीय सुशासन प्रवर्द्धन गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
उपमहालेखापरीक्षक घनश्याम पराजुलीले महालेखा परीक्षको कार्यालयले सुधार गर्नुपर्ने पक्ष समेत समेटेर कार्यक्रम निर्माण तथा प्रसारण गर्न दिनुभयो ।
सुशासन प्रवर्द्धन र वित्तीय अनुशासन कायम गर्न आवश्यक परे थप आर्थिक सहयोग उपलब्ध गराउन समेत कार्यलय तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा, नायव महालेखापरीक्षक बालकृष्ण थापाले आर्थिक सुशासन कायम गर्न विगत वर्तमान र भविष्य सम्मको विषलेषण सहितको कार्यक्रम उत्पादन तथा प्रसारण गर्नु पर्नेमा जोड दिनुभयो ।
‘सुशासन सवाल’ नामक कार्यक्रम नेपाल टेलिभिजनबाट पाक्षिक रुपमा मंगलबार ७:२५ बजे प्रसारण हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्