अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदै

काठमाडौं– छठ पर्वको मुख्य दिन देशका विभिन्न जलाशय तथा नदी किनारमा अस्ताउँदो सूर्यलाई दिँदै छठ पर्व मनाइँदै छ। तराइ मेधशका मुख्य तलाउ, पोखरी. नदिकिनार जलाशय क्षेत्र साथै काठमाडौंको कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन पुगेका व्रतालु तथा श्रद्धालु भक्तजनको भीड लागेको छ । पूजाका लागि जलाशयका किनारमा विशेष सजावट गरिएको छ भने भक्तजनको चहलपहलले छठमय बनेको छ ।

छठ पर्वका अवसरमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ पूजाका सामग्रीसहित जलाशयका किनारमा पुगेका थिए । उनीहरूले केराका घरी, उखु, फलफूल तथा विभिन्न परिकारले सजाइएका डाला र नाङ्लोमा पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । कमलपोखरी र गौरीघाटमा परिवारसहित पुगेका श्रद्धालुहरूले सूर्यदेवको पूजा आराधना गर्दै विधिपूर्वक छठ पर्व मनाएका छन् ।

छठ पर्व तराई–मधेसको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा स्थापित भए पनि पछिल्ला वर्षहरूमा यसको लोकप्रियता देशभर फैलिँदै गएको छ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा समेत श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाउन थालिएको छ । यसले विभिन्न समुदायबीच धार्मिक तथा सांस्कृतिक सद्भाव र एकताको सन्देशसमेत प्रवाह गरेको छ ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिन्छ । चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गरिने परम्परा छ । यससँगै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.