राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।

उहाँले प्रथम महिला सबीता पाैडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गर्नुभएको हो । राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको हो ।

राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.