नेपाल सामु भारत ‘ए’ ले दियो ३३३ रनको लक्ष्य

काठमाडौँ- एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स-२०२६ क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एघारलाई आज आफ्नो पहिलो खेलमा भारत ‘ए’ ले ३३३ रनको चुनौती प्रस्तुत गरेको छ।
कतारको दोहास्थित वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भइरहेको प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३३२ रन जोडेको छ ।
भारत विरुद्ध कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३-३ विकेट लिए । नेपालका लागि बलर नन्दन यादवले २ र पवन सर्राफले १ विकेट लिएका छन ।
प्रतियोगितामा नेपाली टोली समूह बी मा रहेको छ ।
आजको खेलमा नेपालका तर्फबाट तीन जना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेल खेल्दैछन् । लोकेश बम, दिपक डुम्रे र रसिद खानले पहिलो ओडिआई खेल्न लागेका हुन् ।
सन् २०१३ देखि इमर्जिङ क्रिकेटको नामबाट शुरुभएको यो प्रतियोगिता सन् २०२५ बाट राइजिङ स्टार्सको नामबाट सञ्चालन भइरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्