फोक्लेन टापुमा पहिरोबाट स्थानीय विस्थापित, केही घर जोखिममा

धनकुटा- धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा पहिरोबाट ३ घरपरिवार विस्थापित भएका छन् भने ६ घर अति जोखिममा परेका छन् ।

लगातारको वर्षाका कारण पहिरो निरन्तर खसेकाले पदमशेर राई, जोसना राई र विशालहाङ राईको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पहिरोले तोर्णदिप तिगेला, सन्तविर लामा, इन्द्रमाया लिम्बू, खड्ग कटुवाल, रितु श्रेष्ठ र शेरबहादुर भण्डारीको घर अति जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

विस्थापितहरु छिमेकीको घरमा बसेका छन् । उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको वडा नम्बर ६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो। उहाँले नगरपालिका र स्थानीय प्रशासनसँग सहकार्य गरेर गरेर उनीहरुको व्यवस्थापनमा गरिने बताउनु भयो । पहिरोले धनकुटाबाट सो गाउँ जाने सडक पनि क्षतविक्षत भएको छ ।

पहिरोको उच्च जोखिममा परेको फोक्लेन टापुमा गत वर्ष पनि पहिरोकै कारणले २ घर विस्थापित भएका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.