एक दिवसीय श्रृङ्खलाको उपाधि आयरल्याण्ड ‘ए’ ले जित्यो
काठमाडौँ- आयरल्याण्ड ए ले नेपाल ए सँगको एक दिवसीय क्रिकेट श्रृङ्खला जितेको छ ।
आज भएको तेश्रो तथा अन्तिम खेलमा नेपाल ६९ रनले पराजित भएसँगै तीनवटै खेल आयरल्याण्ड ए ले जितेको हो ।
आजको खेलमा ओपनर अर्जुन कुमालले १०२ रनको शतकीय इनिङ खेलेका थिए ।
२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्