कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार बस्ने
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले तीन दिनका लागि संसदमा अवरोध रोकेको थियो ।
कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको अल्टिमेटम दिएको थियो। तर सो अवधिसम्म पनि सरकारले कांग्रेसको माग अनुसार समिति नबनाएपछि अब संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल गर्न पदाधिकारी बैठक बसेकोमा पुन : भाेलि बस्ने भएकाे हाे । ।
प्रतिक्रिया राख्नुहोस्