पुन:कर्जामा आवेदन दिने अबधी थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था भए अनुसार पुनर्कर्जाका लागि आवेदन दिने अवधी थप गरेर असोज मसान्तसम्म पुर्‍याएको छ ।

अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले एकमुष्ट पुनर्कर्जाका लागि असोज मसान्तसम्म आबेदन गर्न सक्ने भएका छन् । यसअघि केन्द्रीय बैंकले भदौ १ मा आवेदन आह्वान गरी असोज १४ सम्मको समय दिएको थियो ।

कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिले पुनकर्जा माग गर्ने अवधी असोज मसान्तसम्म लम्ब्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तो पुनकर्जा सुविधा एकमुष्ट प्रदान हुनेछ । राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनकर्जा तथा विशेष पुनकर्जाका लागि आबेदन आह्वान गरेको हो ।

मौद्रिक नीतिमा एक ऋणीलाई ५ करोडसम्मको पुनर्कर्जा सुविधा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने उल्लेख छ ।

यस्तो पुनर्कर्जा सुविधा पर्यटन लगायत अति प्रभावित क्षेत्र र औद्योगिक क्षेत्र, शैक्षिक प्रतिष्ठान, विकास तथा निर्माण सामाग्री उद्योग, यातायात, अस्पताल, उर्जा तथा खानी लगायत मध्यम प्रभावित क्षेत्रका लागि उपलब्ध गराउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.