बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

म्याग्दी- कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।

गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका लागि रु २४ लाख बजेट पठाएको छ । कम्तीमा दुई रोपनीभन्दा बढी क्षेत्रफल वा न्यूनतम २०० वर्गमिटर क्षेत्रफलको प्लास्टिक घरभित्र वार्षिक कम्तीमा दुई याम तरकारी खेती गर्नेलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान दिइने केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार कम्तीमा ३ वर्षदेखि बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार र प्लास्टिक घरभित्र तरकारी गर्ने कृषकले प्रति १०० वर्ग मिटर तीन हजारका दरले प्रोत्साहनस्वरुप नगद अनुदान पाउनेछन् ।

यस वर्ष व्यक्तिगतभन्दा पनि समूह, सहकारी र फार्मलाई लक्षित गरेका कार्यक्रम धेरै भएका बताउँदै कृषि प्रसार अधिकृत पाण्डेले कार्यक्रम पाउन आवेदन पेश गर्नेका लागि पान नम्बर अनिवार्य गरिएको जानकारी दिनुभयो । सरकारले अनुदान सुविधा दोहो¥याएर नपाउने नीति बनाएको छ ।

केन्द्रमार्फत म्याग्दी र मुस्ताङ जिल्लामा सञ्चालन हुने कृषिसम्बन्धी कार्यक्रमका लागि रु नौ करोड १७ लाख ७८ हजार तथा कार्यालय सञ्चालन, तलबभत्ता, प्रशासनिक कार्यका लागि रु दुई करोड विनियोजन भएको छ ।

सार्वजनिक सूचना आह्वान गरेर कृषक, समूह, सहकारी र फार्महरुबाट प्रस्ताव सङ्कलन, स्थलगत निरीक्षण, मूल्याङ्कनका क्रममा मापदण्ड पूरा गरेकालाई प्रदेश सरकारको कार्यक्रममा ५० देखि ९० र सङ्घको कार्यक्रममा ५० देखि ८५ प्रतिशत अनुदान सुविधा पाउनेछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.