सहकारी प्रकरणमा धरौटीमा छुटेका पुन सुन प्रकरणमा पुन: पक्राउ
काठमाडौँ- सहकारी प्रकरणमा पक्राउ परी थुनामा रहनु भएका दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ पर्नु भएको छ ।
आज दिउसो रुपन्देही जिल्ला अदालतमा धरौटी रकम बुझाएर तारिखमा रिहा हुनुभएको पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईब) टोलीले रिहा भएलगत्यै नियन्त्रणमा लिएको हो ।
सुन प्रकरणमा समेत उहाँमाथि अनुसन्धान चलिरहेकाले सिआईबीले नियन्त्रणमा लिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो ।
पुनलाई वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै रहदै आउनु भएको थियो । धरौटी रकम बुझाई आज रिहा भएपनि सुन प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै सिआइबीले तत्कालै पक्राउ गरेको हो ।
पुन रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पर्नु भएको थियो । पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्