गौतमको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेब गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।

आजको सुनुवाईमा रिट निवेदकका तर्फबाट ४ जना कानून व्यवसायी र सरकारका तर्फबाट महान्यायाधिवक्ता र एक सहन्यायधिवक्ताले बहस गर्नुभएको थियो ।

सरकारी वकिलकै बहस बाँकी रहेको छ भने सांसद वामदेव गौतमका वकिलले बहस गर्ने पालो आउन पनि बाँकी छ । ५ सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा ४ जना न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

यसैबीच गोरखापत्र संस्थानमा सल्लाहकारमा नियुक्त टीकाराम राईलाई बाँकी कार्यकाल पूरा गर्न दिन अर्को बेग्लै इजलासले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय तेज बहादुर के सी र प्रकाश कुमार ढुंगानाको इजलासले राईलाई पुनर्बहाल गर्न अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.