नारायणगढ-बुटवल सडक खण्ड दाउन्नेमा अबरुद्ध

नवलपुर- पूर्वी नवलपरासीको बुटवल-नारायणघाट सडक खण्ड अन्तर्गत दाउन्ने सडक खण्ड आइतबार विहानको वर्षाको कारण अबरुद्ध भएको छ ।
विहान करिव ६ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतीका काम भइरहेको यस सडक खण्ड सामान्य वर्षा हुँदा पनि जाम हुने गरेको छ ।
पहाडी साँघुरो बाटो रहेको यस खण्डमा नियमित मर्मत सम्भार नहुँदा जामको समस्या बढदै गएको छ ।
स्तरोन्नतीको क्रममा बाटोमा भएका खाल्डा नपुरिँदा र पानी पर्ने वित्तिकै चिप्लो बाटोको कारण जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताउनुभयाे ।
अहिले दाउन्ने पहाड खण्डको सडकमा लेदो (दलदल) का कारण बाटो अवरुद्ध भएको र गिटी मिस्कट राखेर एकतर्फि बाटो सँचालनमा ल्याउने प्रयास भइरहेको आचार्यले बताउजुभयाे । यदि अव वर्षा नभएमा बाटो सँचालनमा आउने उहाकाे भनाइ छ ।
स्तरोन्नतीको क्रममा रहेको सडकको नियमित मर्मत सम्भार नहुने, सडकका खाल्टा पुर्न निर्माण कम्पनी उदासिन हुँदा सडकमा समस्या आइरहेको यस सडकखण्ड हुँदै यात्रा गर्नेहरुले गुनासो गर्ने गरेका छन ।
एकछिनको वर्षातले घण्टौँ सडक जाम हुने गरेको छ ।
गन्तब्यमा हिँडेका सवारीहरु अहिले पश्चिम नवलपरासीको बर्दघाट टि सि यन र पूर्वी नवलपरासीको दुम्किबासमा रोकेर राखिएको र सडक सुचारु भएपछि गन्तब्यमा पठाइने ट्राफिक प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.