बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

मकवानपुर- बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुनेभएको छ । बजेट अधिवेशनका रुपमा लिइने वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेलाई बोलाइएको प्रदेससभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बजेट अधिवेशन सम्बन्धि आह्वान गर्नुभएको पत्र सभामुख भुवन कुमार पाठकले पढेर सुनाउनुहुनेछ । त्यसपछि दलिय आधारमा अधिवेशन सफलताको शुभकामना मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट जारी भएको प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश आजको बैठकमा पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.