बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकियो

मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय थप गरिएको छ । ४२ दिनदेखि बिना विभागीय मन्त्रीको रुपमा रहनु भएकी रमा आलेमगरलाई जिम्मेवारी प्रदान गर्न मन्त्रालय थप गरिएको हो ।

सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ पुर्‍याउने निर्णय गरेको हो । बैठकले मन्त्रचलयका लागि उपयुक्त स्थान खोजी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

नीति, कार्यक्रम तथा बजेट निर्माणको समयमा समेत आफ्नो भूमिका स्पष्ट नबनाएको भन्दै मन्त्री आलेमगरले असन्तुष्टी पोख्दै आउनुभएको थियो । मन्त्री आलेमगरलाई जिम्मेवारी नतोकिएको विषयमा बुधबार बसेको प्रदेशसभा वैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले आवाज उठाएका थिए ।

मन्त्रालयको संख्या धेरै हुँदा प्रदेशलाई आर्थिक भार परेको भन्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नै मन्त्रालयको संख्या १४ बाट घटाएर १२ बनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.