गुल्मीमा बस दुर्घटनामा घाइते एक जनाको मृत्यु, १२ जना घाइते

गुल्मी- गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा चालक स्याङ्जा वालिङ नगरपालिका–५ बस्ने बर्ष २८ का मनोज बस्याल, स्याङ्जा हरिनाथ–५ बस्ने बर्ष ३५ को खेमराज लम्साल, कास्की मादी बस्ने बर्ष २३ की रोशनि नेपाली घाइते भएका छन् ।

त्यस्तै गुल्मी रुरुक्षेत्र–१ बस्ने बर्ष ३० की रिता बि.क., वडानम्बर–३ बस्ने बर्ष २३ की सुशिला नेपाली, छत्रकोट–४ बस्ने ४२ की शान्ति सुनार, पाल्पा रिब्दिकोट–१ बस्ने बर्ष ६५ को ताराप्रसाद पाण्डे, डडेलधुरा नवदुर्गा–२ बस्ने बर्ष ३६ को राज बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ ।

रेसुङ्गा–१० बस्ने केशब अर्याल, बर्ष २१ का ईन्द्रा सुबेदी, गुल्मिदरबार-२ बस्ने बर्ष २० को ओम बहादुर बलाल, रुरुक्षेत्र–३ बस्ने बर्ष २३ को गंगाबहादुर वि.क घाइतेभएको प्रहरी नायब उपरीक्ष पोखरेलले बताउनुभयो । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ ।

बस सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.