गोठालो गएका एकको हात्तिको आक्रमणबाट मृत्यु

मकवानपुर- मनहरी गाउँपालिका वडा नम्बर-६ मा पर्ने चितवन राष्ट्रिय निकु्ञ्जको जंगलमा भैँसी चराउन गएका एक जना गोठालाको हात्तिको आक्रमणबाट मृत्यु भएको छ ।
वडा नम्बर–६ प्रतापपुरका ५६ वर्षिय काले बहादुर राईको हात्तिको आक्रमणबाट बिहीबार मृत्यु भएको हो । राई सहित अन्य तीन जना स्थानियहरु निकुञ्जमा भैसी चराउन गएको अबस्थामा हात्तिले आक्रमण गरेको हो ।
अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार राईको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्