पर्यटन क्षेत्रका जनशक्ति पलायन हुन नदिने योजना बनाउँदै सरकार

काठमाडौं- पर्यटन क्षेत्रमा संलग्न अग्रपङ्ति जनशक्तिको पलायन हुन नदिन सरकारले विशेष योजना ल्याउने तयारी गरेको छ ।
यसका लागि नेपाल पर्यटन बोर्डले पर्वतीय पर्यटनमा आबद्द जनशक्तिका लागि ४५ दिनको प्रमुख पदमार्गहरुको सफाई अभियान संञ्चालन गर्न लागेको नेपाल पर्यटन वोर्डका प्रवक्ता मणी लामिछाने बताउनुहुन्छ ।
यसैगरी, होटल तथा रेष्टुरेण्ट व्यबसायमा संलग्न जनशक्तिका लागि संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा संम्बधित दक्षता भएको क्षेत्रमा स्वरोजगार सृजना गर्न सहयोग गर्ने रणनीति नेपाल पर्यटन बोर्डले अगाडि बढाएको पनि प्रवक्ता लामिछाने जानकारी दिनुभयो ।
विश्वव्यापी कोरोना महामारीका कारण लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुगेको छ।
महामारीका कारण नेपालको पर्यटन क्षेत्रले झण्डै ८० अर्ब रुपैयाँ क्षेती व्योहर्नु परेको छ भने हजारौं बेरोजगार बन्न पुगेका छन्।
लामो समयको मन्दीका कारण सम्बन्धित जनशक्तिले बैकल्पिक बाटो रोज्ने सम्भावना बढेपछि नेपाल पर्यटन बोर्डले उनीहरुलाई टीकाइ राख्न यसप्रकारको कार्यक्रम ल्याउन लागेको हो ।।






प्रतिक्रिया राख्नुहोस्