यार्सा संकलन गर्न गएका ३ जनाको लेक लागेर मृत्यु

काठमाडौँ- मुगु जिल्लाको मुगुमकार्मारोङ्ग गाँउपालिका-२ꓹ ठुलो कोईकी पाटनमा यार्सा संकलन गर्न गएका ३ जना युवाको लेक लागेर मृत्यु भएको छ ।लेक लागेर मिरामी परेपछि तल झार्ने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मुगु गाँउ र सिरानचौरमा उपचारका क्रममा मृतु भएको उहाँले बताउनुभयो । मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नंꓸ १२ शोभा गाँउका २९ बर्षिय मुनबहादुर बुढाꓹ सोही वडाको कम्फा निवासी २१ बर्षिय सुमन बुढा र उमेर नखुलेका राज बहादुर साँवतको लेक लागेर मृत्यु भएको हो । लेक लागेपछि कसैलाई नाक तथा मुखबाट रगत बग्ने पेट दुख्ने जस्ता लक्षण देखिएको सशस्त्र प्रहरीका जवान तिलक बढुवालले बताउनुभयो ।

जेष्ठ १६ गतेका दिन मुगुमकार्मारोङ्ग गाँउपालिकाले यार्सा संकलनका लागि पाटन खुला गरे पछि आफन्तहरुको टोलीसंग उनिहरु ठुलो कोइकी पाटन गएका थिए । मुगु जिल्लाको पूर्वीक्षेत्रका बासिन्दाहरुको आम्दानीको एकमात्र श्रोत यार्सागुम्बा संकलनका बेला हरेक बर्ष संकलकहरु कहिले लुटेराहरु बाट त कहिले लेक लागेर ज्यान गुमाउदै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.