मेक्सिकोमा पहिलो पटक राष्ट्रपतिमा महिला निर्वाचित

काठमाडौँ- मेक्सिकोको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित हुनु भएको छ । भर्खर सम्पन्न निर्वाचनमा क्याउडिया शेइनबाउम  पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

६१ बर्षीया शेइनबाउम मेक्सिको शहरको पूर्व मेयर हुनुहुन्छ ।

उहाँ मेक्सिकोका वर्तमान राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज ओब्राडोरको निकट मानिनुहुन्छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि शेइनबाउमले आफ्नो अग्रज राष्ट्रपतिको राम्रा कामलाई निरन्तरता दिने र मेक्सिकोका नागरिकका आशालाई मार्न नदिने प्रतिवद्दता व्यक्त गर्नुभएको बिबीसीले जनाएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.