नेपालको खेल शुरु हुन केही समय बाँकी हुँदा अमेरिकाको ड्यालसमा पानी पर्‍यो

काठमाडौँ- आईसीसी टी-२० विश्वकप-२०२४ अन्तर्गत नेपालले पहिलो खेल खेल्न केही समयमात्र बाँकी हुँदा खेल हुने अमेरिकाको ड्यालसमा पानी परेको छ ।

पानी परेपछि खेल प्रभावित हुने हो कि भन्ने चिन्ता नेपाली खेलाडी र खेल हेर्न पुगेका अमेरिकामा बसेका नेपाली दर्शकहरुमा परेको नेपाल टेलिभिजनका सहकर्मी देवेन्द्र सुबेदीले जानकारी दिनुभएको छ।

पानी यही तरीकाले परिरह्यो भने खेल प्रभावित हुने तर अझै केही समय बाँकी रहेकोले पानी रोकिन सक्ने अनुमान उहाँले नेपाल टेलिभिजनको राति ८ बजेको समाचार बुलेटिनमा जानकारी दिनुभएको हो ।

नेपाली खेलाडीलाई प्रोत्साहन गर्न ड्यालसमा नेपालीहरुको ठूलो उपस्थित रहेको र दर्शकहरुले टिकट समेत पाउन कठिन भएको उहाँले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.