बाइडनद्वारा अमेरिका प्रवेश गर्ने आप्रवासीको ठूलो संख्या रोक्न नयाँ आदेश जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको ठूलो संख्या रोक्ने गरी नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ ।

यो आदेशले बाइडनलाई निर्वाचनमा कमजोर बनाउन सक्ने आँकलन समेत गरिएको छ । यो आदेशसँगै अमेरिकामा शरण लिनका लागि अनुरोध गरिएका कागजातको प्रशोधन नगरी अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई तुरुन्त निस्कासन गर्न सकिनेछ ।

अमेरिकाले मुद्दाहरूको गति बढाउन र अत्यधिक बोझ भएका अमेरिकी अध्यागमन अदालतहरूमा दबाब कम गर्ने उद्देश्यले नयाँ कार्ययोजना सार्वजनिक गरेको हो ।

राष्ट्रपति बाइडनले हिजो धेरै सीमावर्ती शहर मेयरहरूसँग एक कार्यक्रममा नयाँ आदेशका विषयमा कुराकानी समेत गर्नुभयो । उहाँले नयाँ आदेशले सीमामा नियन्त्रण गर्न सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.