सहकारीको छानबिन गर्न गठित संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- सहकारीको बचत अपचलन सम्बन्धि छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने तय भएको संसदीय छानबिन समितिका संयोजक सुर्य थापाले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुनेछ ।

यही जेठ १५ गते सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न सात सदस्यीय समिति गठन गरिएको हो ।

समितिका सभापतिमा नेकपा एमालेका सांसद सुर्य थापा र सदस्यहरूमा एमालेबाट सरिता भुषाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्ने कार्यादेश समितिले पाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.