विपद् प्रतिकार्य पूर्व तयारी संयुक्त अभ्यास

रसुवा-  वर्षायाममा हुने विपद न्यूनीकरणका लागि रसुवाको गोसाँईकुण्ड गाँउपालिका पाँच स्थित घट्टेखोलाको भिरमा विपद् प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको छ । नेपाली सेना श्रीनाथ गणको आयोजनामा शुक्रबार विपतका घटनाको न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यको संयुक्त अभ्यास चार गरिएको हो । संयुक्त्त टिमले सयौ मिटर उचाई भिर पहरामा विभिन्न किसिमको विपद् व्यवस्थापन कार्यमा दुर्घटनामा पर्ने नागरिकहरुकोे सुरक्षाका निम्ति नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी जवानहरुद्धारा उद्धार कार्य हुने विपद प्रतिकार्य संयुक्त अभ्यास मनसुन ४ प्रदर्शन गरेका हुन । यस प्रकारको संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समय भित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पु¥याउने नेपाली सेनाले जनाएको छ । अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी एबं बिपत ब्यबस्थापन समितिका अध्यक्ष बेदनिधी खनाले बताउनुभयो ।
उक्त अभ्यासमा नेपाली सेना, अन्य सुरक्षा निकायहरु, रेडक्रस बिध्यालयका छात्रछात्रा लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको जनाको सहभागिता रहेको थियो ।
विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.