पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली

काठमाडौं- यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी भू-भागबाट अन्य भू-भागमा क्रमिक रुपमा मनसुन सर्दै जाने महाशाखाले अनुमान गरेको छ । यस वर्ष मनसुनमा गत वर्षभन्दा देशका अधिकांश स्थानमा बढि पानी पर्ने पनि महाखाको अनुमान छ ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.