नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै

काठमाडौं- नेपालले तेस्रो मुलुक अर्थात बंगलादेशमा पनि आगामी आर्थिक बर्षदेखि बिद्युत निर्यात गर्ने भएको छ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने औपचारीक निणर्य गरेसँगै अब नेपाललाई तेस्रो मुलुकमा बिद्युत निर्यातको बाटो खुलेको हो ।

बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट आयात गर्ने ४० मेगावाट विद्युतको मूल्य स्वीकृत गरेपछि नेपाललाई बिद्युत निर्यातको बाटो खुला भएको हो ।

नेपाल बंगलादेशबीच भएको सम्झौता अनुसार नेपालले प्रतियुनिट ९ रुपैयामा बंगलादेशलाई बिद्युत निर्यात गर्ने छ । सीसीजीपीको बसेको बैठकले नेपालबाट आयात हुने विद्युतको मूल्य अनुमोदन गरेपछि नेपालले आगामी आर्थिक बर्षदेखि औपचारीक रुपमा ४० मेगावाट बिद्युत निर्यात गर्ने उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

यद्यपि आउँदो अषाढमा भारतको विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बंगालादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच औपचारीक रुपमा त्रिपक्षीय सम्झौता गरेर विद्युत् निर्यात सुरु हुने मन्त्रालयले जनाएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो । प्राधिकरणले तयार पारेको प्रस्तावअनुसार बंगलादेशसँग ५ वर्षका लागि विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ ।

नेपालको ४० मेगावाट बिद्युत ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुनेछ ।

हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यात गर्ने प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क भने बंगलादेशले नै तिर्ने सम्झौता भएको छ । मन्त्री बस्नेतका अनुसार बंगलादेशले ५ हजार मेगावाटको प्रस्ताव राखेको छ ।

बंगालदेशको प्रस्तावलाई नेपाल सरकारले सकरात्मक रुपमा हेरेकाले केही बर्षभित्रमै बंगालदेशलाई ५ हजार मेगावाट बिद्युत निर्यातको लक्ष्य राखेको उहाको भनाई छ ।

यसैगरी गत २०७९ भदौमा नेपाल–बंगलादेशको संयुक्त सचिवस्तरीय बैठकमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना नेपाल–बंगलादेशको संयुक्त लगानीमा निर्माण गर्ने प्रारम्भिक सहमति भएको थियो । सो सहमतिलाई छिट्टै औपचारीक सम्झौता गर्ने तयारी सरकारको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.