सदनमा उठेको विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ- सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको छ ।

उहाँले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा जानकारी गराउन सभामुखबाट रुलिङ माग गर्नु भएको थियो ।

यस्तै, एमालेका सचिव योगेश भट्टराई तोप्लेजुङको पहिरोबारे जानकारी गराउँदै उद्धार र विस्थापित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणलगायतको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी छ । आजको बैठकमा बन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, संचार तथा सुचना प्रविधि मन्त्रालय र संस्कृती पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका विनियोजन शिर्षकमाथि सांसदहरुले आ आफ्नो धारणा राखि रहनु भएको छ ।

ती ४ वटा मन्त्रालयका विनियोजन शिर्षकमाथि ८ जना सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.