पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध

धादिङ- गएराती परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको छ । विहानदेखी वर्षाका कारण पहिरोसँगै ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । केही स्थानमा खसेको पहिरोका कारण आज विहानदेखी पृथ्वी राजमार्गको मलेखु मौवाखोला खण्ड अवरुद्ध भएको हो ।

राजमार्गका ठाँउ ठाँउमा ठुलो ठुलो ढुङ्गा समेत खसेकोले हटाउन केही समय लाग्ने सडक विभागले जनाईएको छ । सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सावरीका साधनहरु जाममा फसेका छन् ।

सडक विभागको डोजर नेपाल प्रहरीलगाएत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाउने प्रयास जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.