संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, अध्यक्ष र पुनबीच छलफल

काठमाडौं- संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भएको छ ।

सभामुख निवासमा भएको छलफलमा कर्मचारी आन्दोलनबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गर्नुभएको छ ।

आजै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । महत्त्वपूर्ण छलफल भएका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिनुभएको छ ।

संघीय संसद सचिालयका कर्मचारीले अतिरिक्त समय काम गरेवापतको भत्ता र घरभाडा वृद्धि लगायतका माग राखेर चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.