रौतहटमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

रौतहट- सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया-३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन् । उनको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिनुभयो ।

गौर नगरपालिका-२ नेपाल भारत सीमा नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको मोटरसाईकल चेकजाँच गर्ने क्रममा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका रामसँगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारततर्फै भाग्न सफल भएको थियो । बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.