भेडेटार-रवि-राँके सडक सञ्चालनमा

धनकुटा- लगातारको वर्षाको कारण अवरुद्ध भएको भेडेटार रवि-राँके सडक सञ्चालनमा आएको छ।
सडक अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकाको कुइभीर र ओढारे भीरमा गएको पहिरोले सवारी सञ्चालन हुन नसक्दा १० घण्टा भन्दा बढी समय सडक अवरुद्ध भएको थियो।
सडकमा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले बताउनु भयो। सडक सोमबार बिहान १० बजेपछि सञ्चालनमा आएको थियो।
सडक सञ्चालनमा आएपछि आइतबार बिहानबाट रोकिएका सवारी गन्तब्यतर्फ लागेका छन्।
पहिरोका कारण धनकुटाको चौबिसे गाउँपालिकाका विभिन्न स्थान तथा धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु अलपत्र परेका थिए।
अलपत्र परेका यात्रुलाई तथा सवारीलाई वर्षा कम भएसँगै जेसीबीमार्फत सडक खुलाएर गन्तव्यतर्फ पठाइएको कार्कीले बताउनु भयो।
भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमि लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेका छन्।
कालोपत्र गर्ने अन्तिम तयारीमा रहेको उक्त सडक वर्षातले प्रभावित बनाएको छ।
सडक निर्माणको काम भइरहेकाले पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।।






प्रतिक्रिया राख्नुहोस्