रवि लामिछानेको पासपोर्ट र सरकारी ठगीमा संलग्नता बारे छानविन हुनुपर्छ: मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारवाहीमा परेका निवर्तमान महामन्त्री डा मुलुक ढकालले पार्टी नेतृत्वको कमीकमजोरी औँल्याउदा आफुलाई कारवाही गरिएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ढकालले पार्टीका तर्फबाट सुझाव संकलन गर्ने क्रममा आएका सुझाव र पार्टी नेतृत्वका कमीकमजोरीलाई प्रस्तुत गर्दा आफुलाई कारवाही गरिएको बताउनुभएको हो । पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथि छलफल हुनुअघि आफ्नो असन्तुष्टिका बारेमा समेत आफुसंग छलफल नगरिएको गुनासो उहाले बताउनुभयो ।

बैठक अघि आफुले सार्वजनिक गरेको प्रतिवेदनको सारांश पनि सभापति रवि लामिछानेको सल्लाहमै सार्वजनिक गरिएको उहाले दावी गर्नुभयो । ढकालले आफुलाई पार्टीले गरेको कारवाहीको विधि र प्रक्रिया नमिलेको भन्दै आफु अझै पनि महामन्त्री रहेको जिकिर गर्नुभयो । आफुलाई कारावही गरेर रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गरेकाले आफु मिडियामा आउन बाध्य भएको उहाले बताउनुभयो ।

उहाँले पार्टी सभापति रवि लामिछानेको पासपोर्ट र सरकारी ठगीमा संलग्नता बारे पार्टीबाटै छानवीन गर्नुपर्ने पनि बताउनुभयो ।
उहाले अव आफुले के बोल्ने वा नबोल्ने भन्ने सुझाव लिनका लागि आगामी महिना देशभर प्रस्ताव यात्रा सुरु गर्ने र जनताको घर घर जाने जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.