आजका ८ तस्वीर

काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहलिो जलविद्युत आयोजना हो ।

जुम्लाको चन्दननाथन नगरपालिका–२ का स्थानीयवासी मार्सी धान केलाउँदै, गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको किसान राजपुरा कुमाईले बताउनुभयो ।

डोटीको दिपायल सिलगढी नगरपालिका–३ बाँफीका कृषक हिक्मतबहादुर साउदले बिक्रीका लागि उमार्नु भएको तरकारीको बेर्ना । बेर्ना र तरकारी बेचेर उहाँले वार्षिक लाखौँको आम्दानी गर्ने गर्नुभएको छ ।

बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल ।

काठमाडौँको दक्षिणकाली नगरपालिका फर्पिङ्गमा धान भित्राउने तयारी गर्दै किसान ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिको आयोजनामा पोखरा–१८ सराङकोटमा असोज १८ देखि २१ गतेसम्म सञ्चालन भएको घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिममा सहभागीहरुले तयार पारेका खानाका परिकारको अवलोकन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल ।

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका वडा नं ३ महादेवटारमा ठूला ढुङ्गाको बीचमा बनाएको खेतमा पाक्दै गरेको धानबाली ।

कोरानाका कहरका कारण प्राचीन शिक्षाको अनुशरण गर्दै पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविका विद्यार्थीलाई चौतारीमा राखेर शिक्षा दिइँदै ।






प्रतिक्रिया राख्नुहोस्