ग्रामिण सडक पूवार्धारमा जोडियो चित्तपोल

भक्तपुर- भक्तपुरको विकट भनेर चिनिने काँक्राबारी र चित्तपोल सडक संजालमा जोडिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० कुनैबेला दुर्गम गाउँको रुपमा परिचित थियो । अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नतीले यसको मुहार फेरिंदै गएको छ ।

भक्तपुर चक्रपथ अन्तर्गतको सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिकाको ताथली लगायतका गाउँ जोड्ने सडक पक्की र कालोपत्रे भएसँगै स्थानीयको जनजीवन फेरिएको हो ।

सडक पूर्वाधारको विकासले यहाँ शहरीकरण बन्दै गएको छ । चार दशक अघिदेखि रिङरोडको परिकल्पना भएको यहाँ सोही अनुसार भक्तपुरका दुई नगरपालिका र तत्कालिन १६ वटा गाउँ विकास समिति जोड्ने गरी यो सडकको रेखांकन गरिएको थियो ।

सिमित बजेट विनियोजन गर्दै सडक निर्माण र स्त्तोरन्नतीको काम हुँदैं आएको यहाँ राज्य पुर्नसंरचना भएपछि चित्तपोल सूर्यविनायक नगरपालिका-१० वडा खुम्चिन पुग्यो । सिमित स्रोत साधनका बावजुद वडाको विकासमा पूर्वाधार निर्माणले गति लिन नसकेपछि स्थानीयले मूख्य प्राथमिकतामा सडकलाई पारे ।

सोही अनुसार भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक पक्की र कालोपत्रे गर्न सफल भए । सडक संजालले पूर्णता पाएपछि स्थानीयले सहज दैनिकी जीउन थालेका छन् ।

४० वर्ष अगाडि खुलेको सडक अहिले बजेट अभावमा केही वर्ष अघिसम्म हिंडडुल गर्न पनि सकस भएको यहाँ अहिले अहिले हरेक काम सहजै गर्न सकिने भएको स्थानीय बताउँछन् ।

२०६३ सालमा ट्रयाक खोलेको यो सडकको यतिखेर कालोपत्रेले पूर्णता पाएको हो । सडक कालोपत्रे भएसँगै चित्तपोलका ३ हजार ५ सय घरधुरीले सहजता अनुभव मात्रै गरेका छैनन्, गाउँमै सरकार आएको अनुभूति गरेको स्थानीय कालिका थापाले बताउनुभयो ।

उहाँले भन्नु भयो, “मैले खेलेको र हिंडेको यो बाटो गोरेटो थियो, अस्तीसम्म पनि सडक भिर जस्तै थियो । अहिले फराकिलो मात्रै होइन, सवारी साधन गुड्न त परै जाओस् वर्षामा पैदल हिंड्न पनि मुश्किल यो सडक अहिले चिल्लो भयो । यही सुतौं लाग्छ ।’

७५ वर्षिया कालिका थापा मात्रै होइन, यहाँ स्थानीयको सडक बनेपछि खुसीको सीमा छैन । काभ्रे साँगाबाट सुरु हुने सूर्यविनायक नगरपालिका–१० भंगाल हुँदै खड्का गाउँ सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न भएको शहरी पूर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेले बताउनुभयो ।

एम्बुलेन्स समेत आउन नसक्ने यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण सम्पन्न गरेको र अहिले सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरेको उहाँको भनाइ छ ।

संघ सरकारको बजेट र नगरपालिकाको बजेटलाई मिलाएर कूल तीन करोडको लागतमा ६ मीटर चौडा ३.५ किलोमिटर सडक कालो पत्र र ढलान गरी पक्कि बनाएको हो । जसका कारण स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको चित्तपोलबासी बताउनु हुन्छ ।

गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको जितबहादुर तामाङले बताउनु भयो । तरकारी लिन गाउँमै गाडी आउन थालेपछि अहिले गाउँकै मुहारनै फेरिएको उहाँको भनाइ छ ।

४० वर्ष अगाडि ट्रयाक खुलेको यो सडकमा एक टिप ग्राइबेल समेत नगरेको अवस्थामा अहिले कालोपत्र गर्न सफल भएको वडा नं १० का वडाध्यक्ष शिवराम राउतले बताउनुभयो । ग्रामिण सडक रिङरोड बनेसंगै अहिले सुगम भएको तर अब खानेपानीको अभाव रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.