ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो।

ब्याटिङतर्फ रोहित पौडेलले ८० र दीपेन्द्रसिंह ऐरीले ६९ रनको योगदान दिएका थिए।

२८१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो।

ओमानविरुद्ध बलिङ गर्दै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई-दुई विकेट लिए।

यो जितसँगै नेपालले लिग-२ मा महत्त्वपूर्ण अंक जोड्दै छैटौँ स्थान पक्का बनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.