रसुवाको टिमुरे भन्सारमा राजश्व संकलन उत्साहजनक

रसुवा- गत आर्थिक बर्षको तुलनमा यस आर्थिक बर्षमा रसुवा भन्सार कार्यालय टिमुरेले दोब्वर भन्दा बढी राजश्व अशुली गरेको छ ।

गत आर्थिक बर्षको तुलनमा यस आर्थिक बर्षमा रसुवा भन्सार कार्यालय टिमुरेले साँढे दुई गुना बढीले राजश्व अशुली गर्न सफल भएको छ ।

गत आर्थिक बर्ष ०७९।०८० मा भने आठ अर्ब चौबीस करोड त्रीयासी लाख अठचालीस हजार पाँच सय एघार रुपैँया राजश्व अशुली गरेकोमा यस आर्थिक बर्षमा २० अर्ब २२ करोड त्रिसठी लाख १८ हजार ६ सय छयालीस रुपैया अशुली गरेसँगै गत बर्षको तुलनामा दोब्बर भन्दा बढीले राजश्व उठेको हो ।

भन्सार बिभागले दिएको साबिकको लक्ष्य एघार अर्ब चौरानब्बे करोड रहेकोमा पछि संशोधित लक्ष्य भने करिब एकाइस अर्ब रहेको थियो । जसमा कार्यालयले अर्थिक बर्ष ०८०।०८१ को बाह् महिनामा बीसअर्ब बाईस करोड त्रिसठी लाख अठार हजार छ सय छयालीस राजश्व अशुली गर्न सफल भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताउनुभयो ।

यस अर्थिक बर्षको संशोधित लक्ष्यको ९६ दशमलब ३१  प्रतिशत राजश्व अशुली गर्न सफल भएको छ उहाँका अनुसार यस आर्थिक बर्षमा ब्यबसायीहरुले आयात निर्यात,सडक निमार्ण तथा सम्भार दस्तुर,मुल्य अभिबृद्धी कर,माल बस्तुको स्पस्ट घोषणा नभएको,कम परिणाम घोषणा भएको,उत्पतिमुलक फरक घोषण गरिएको,एच एस कोड परिबर्तन लगायत गरी अशुली गरिएको हो ।

चीनबाट नेपाल आयात हुने समाग्रीहरुमा साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्री जस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.