प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागलागी

बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।

बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ ।

बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले हालसम्म अधिकतम धैर्यता कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधिजारी रहे कानूनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ ।

निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु भएको प्रदर्शन तथा झडपमा यस हप्तामा ३९जनाको मृत्यु भएको छ भने बिहीबार एकै दिनमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ ।

बङ्गलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.