पानीमा डुबेर कास्कीको अलग अलग दुई ठाउँमा ३ जनाको मृत्यु
कास्की- पानीमा डुवेर कास्की फरक-फरक ठाउँमा हिजो ३ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२६ गुदेतालमा लमजुङ करापुटार घर भई हाल पोखरा २६ प्रगतिटोल बस्ने वर्ष ६ का सचिन परियारको डबेर मृत्यु भएको हो।
उनी त्यहाँ बुबा विकाश परियारसँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा खसी डुबेको र तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा नं.२३ घाँटी छिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा हिजै थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ मोहरिया टोल बस्ने वर्ष १८ को प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ का स्वयं ताम्राकार छन् ।
हिजो दिउँसो करिव साढे ३ बजे घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिई गएकोमा करिव ५ बजे उनीहरुलाई मृत अवस्थामा खोलाबाट निकालिएको हो ।
घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।त्यहाँ मृतकहरुसहित ६ जना पौडी खेल्न गएको र अन्य ४ जना भने सकुशल रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्