भेनेजुएलामा तनाब: राष्ट्रपतिमा मादुरो र गोन्जालेज दुबैले जितेको दाबी

काठमाडौँ- भेनेजुएलामा राष्ट्रपति निर्वाचनको विवादित नतिजाको विरोधमा व्यापक प्रदर्शन भएको छ।

भेनेजुएलाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति निकोलास मदुरोले आफू विजयी भएको घोषणा गरेपछि विपक्षीहरुले विरोधलाई चर्काएका हुन ।  विपक्षी उम्मेदवार एडमुण्डो गोन्जालेज पनि आफूले जितेको दाबी गरेपछि काराकासमा तनाव बढेको हो।

चुनावी नतिजालाई लिएर भएको विरोध प्रदर्शनमा सहभागीहरु राष्ट्रपति भवनतर्फ अघि बढेपछि अबस्था झन तनावग्रस्त बनेको बिबीसीले जनाएको छ ।

हजारौँ प्रखर्शनकारीहरु काराकासका विभिन्न भाग र पहाडी क्षेत्रबाट समेत भेला भएका छन ।

त्यहाँको सुरक्षा फौजले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरको गोली प्रहार गरेका छन् ।

हजारौं मानिसहरू राष्ट्रपति कार्यालय अगाडि जम्मा भएर विरोध गरिरहेका छन् ।

भेनेजुएलाको राजधानीमा राष्ट्रपति निकोलस मादुरोले विजयी भएको दाबी गरेको भोलिपल्टबाट विपक्षीहरुको विरोध  सुरु भएको हो ।

विपक्षीले मादुरो राष्ट्रपतिमा निर्वाचित भएको भनी गरिएको घोषणालाई धाँधली भएको भन्दै तत्काल विपक्षी उमेद्वार गोन्जालेजलाई विजयी घोषणा गर्न प्रदर्शनकारीहरुले माग गरिरहेका छन । गोन्जालेजले ७३ प्रतिशत मत प्राप्त गरेको विपक्षीको दावी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.