४०० केभीको दमौली सब–स्टेशन बनाउन भारतीय कम्पनी र एमसीए नेपालको सम्झौता

काठमाडौं – एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सब-स्टेशन निर्माणका लागि ३ करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता एमसीए नेपालले गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिने सब-स्टेशनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, एमसीए नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरुको सहभागीता थियो।

यो सम्झौतासँगै अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सब-स्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

नयाँ दमौली सब-स्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम एमसीए नेपालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.