लम्पी स्किन रोगविरुद्ध खोप अभियान

 

 

 रसुवा – रसुवामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप लगाउने भइरहेको छ ।। गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोट सहित रसुवामा सप्ताहव्यापी खोप पशुमा लगाईएको हो ।

पशु सेवा कार्यालय नुवकोटका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार जन्मेको तीन महिनाभन्दा माथिका बिरामी पशुबाहेक सबै गाईभैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोट र रसुवाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई निःशुल्क खोप लगाउन १० हजार डोज खोपसहित ३१ जना खोपकर्ता परिचालन गरिएको छ । अभियानअन्तर्गत ती दुई जिल्लामा २५ हजार गाईभैँसीलाई समेट्ने लक्ष्य छ । आज सम्म करिब सात हजार पशुहरूलाई खोप लगाई सकिएको छ ।

बाग्मती प्रदेश सरकारले मातहतका सबै जिल्लामा अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा २०७७ साल असारमा पहिलो पटक देखिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग गएको वर्ष महामारीका रूपमा फैलिएको थियो ।

७७ जिल्लामा फैलिएको यो रोगबाट किसानले झण्डै ७५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको पशु चिकित्सा परिषद्को एक अध्ययन प्रतिवेदनले देखाएको थियो । यो तथ्याङ्कका आधारमा नेपालमा पशु धनको क्षेत्रमा इतिहासकै ठुलो क्षति किसानले बेहोरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.