सेयर बजारमा उच्च परिमाणको कारोबार

सोमबार २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौँ – सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै आज ब्रेक भएको हो ।

सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।

सोमबार ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । जसमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मात्र मूल्य घटेको छ । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.