नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ-  नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच व्यापारिक सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिभिजन र नेपाल टेलिकमबीच विगतदेखि निरन्तर सहकार्य हुँदै आएको र यो सहकार्यले दुवै संस्थाको व्यापार प्रवर्द्धनमा परिपुरक बन्ने बताउनुभयो ।

दुई सरकारी संस्थाबीचको सहकार्य भौतिक पूर्वाधारको उपयोगदेखि जनस्तरमा सूचना प्रवाह गर्न महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले दुवै सरकारी संस्थाबीचको सहकार्यले दुबै संस्थाको विकास र विस्तारमा सहयोग पुगेको वताउनुभयो । कार्यकारी अध्यक्ष शाहले नेपाल टेलिकमसँग आवश्यक सहयोग र सहकार्यको लागि नेपाल टेलिभिजन सधैँ प्रतिवद्द रहेको बताउनुभयो ।

हस्ताक्षर समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ, व्यापार महाशाखा प्रमुख राजकुमार थापा र अशोक घिमिरे साथै नेपाल टेलिकमको व्यापार महाशाखाका पदाधिकारीको उपस्थिति थियो ।

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच एकबर्षको लागि व्यापार सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.