बगुवनमा बाघको आतंक  

नवलपुर – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बगुबनको बस्तीमा बाघ पसेेे आतंक मच्चाएकाे  छ । मदरबाबा सामुदायिक बन बाट निस्केको पाटे बाघले आक्रमण गर्दा गोठमा बाधेर राखेका भैंसी र बाख्रा मरेका छ्न ।
बाघको आक्रमणबाट लालमती खंगा मगरको गोठमा रहेका दुईवटा बाख्रा र खेमबहादुर खंगा मगरको भैसी मरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेेेललेे जानकारी दिनुभयाे ।
बाख्रा र भैंसीलाई मारेको बाघ अहिले घटना स्थल नजिकै मकै बारीमा पसेकाे र धेरै टाढा नगएकाे प्रहरीले जनाएको छ । बाघ नियन्त्रणको लागि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको र चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय भैरहेको प्रवक्ता पाैडेलले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.