संस्कृति संरक्षणका लागि लोक बाजा सिकाउदै सिका नेवा गुठी – फोटो फिचर

पूर्वी नवलपरासी-  भाषा, संस्कृति र परम्परागत पर्वहरुको महत्वलाई संरक्षण गर्न पूर्वी नवलपरासीको सिका नेवा गुठी कावासोती संस्कृति संरक्षणमा जुटेको छ । गुठीले अहिले नेवारी समुदायको परम्परागत पर्व गाईजात्रा प्रदर्शनमा प्रयोग गरिने बाजा बजाउन सिकाईरहेको छ ।

गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि लोक बाजा बजाउने पुर्नताजगी तालिम संचालन गरेको छ । यहाँ करिब १५ जना बालवालिका, किशोरकिशोरी र युवाहरुले धिमे र मादल बजाउने अभ्यास गरिरहेका छन । नेवार समुदायका कला, संस्कृति जग्रेना गर्न लोक बाजा सिक्न आएको प्रशिक्षाथीहरुको भनाई छ ।

सिका नेवाः गुठी कावासोतीले पहिलो चरणमा धिमे बाजा बजाउने ४५ दिने तालीम दिएको थियो । कावासोती नगर भित्र गुठिमा आवद्ध सदस्यहरुलाई अहिले गाइजात्रा र लाखे नाचमा प्रयोग गरिने बाजा बजाउन सिकाईएको छ । चाडपर्वहरुमा नेवारी संस्कृति प्रदर्शन गरिने हुदा त्यसको लागि नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्नको लागि एक हप्ताको पुर्नताजगी तालिम संचालन गरेको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

गाईजात्रा पर्वलाई लक्षित गरी नयां पुस्तालाई वाद्यवादन सिप र परम्परागत नाँचहरुको अभ्यास गराईएको हो । विशेष गरी मादल झ्याली, साथमा धिमे र ढलकी बाजाको अभ्यास गराईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेवार समुदायको परम्परागत पर्वहरु गाईजात्रा, रोपाईजात्रा लगाएत विविध भएपनि जिल्लामा गाई जात्रा मात्र निकाल्ने गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.