इजरायललाई गाजा क्षेत्रमा युद्ध विराम गर्न अमेरिकी राष्ट्रपतिको दबाब

अमेरिकी राष्ट्रपति जो वाइडेनले गाजा क्षेत्रमा तत्काल युद्ध विराम गर्न र कब्जामा रहेका हमासका बन्दीलाई रिहा गराउन इजरायललाई दबाव दिनुभएको छ ।

हमास र इजरेलबीचको वार्ता असफल भएपछि वाइडेनले यस्तो दवाव इजरायललाई दिनुभएको हो ।

विदेशमन्त्री एन्टोनी ब्लीङ्केन अमेरिका फर्किएपछि राष्ट्रपति बाइडेनले इजरेली प्रधानमन्त्री नेतान्याहुलाई फोन गरेर युद्ध विरामका  लागि पुन: आग्रह गर्नुभएको हो ।

शान्ति सम्झौताका सम्बन्धमा हमास र इजरेलले आ-आफ्नो अडान नछोडेपछि कतारमा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।

वार्ता असफल भएपछि इजरेलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परी ५० जना प्यालेष्टिनीको मृत्यु भएको छ ।

गाजा फेरि इजरेलको सुरक्षाकालागि चुनौति बन्न नसक्नेगरी युद्धलाई जारी राखिने इजरेलले जनाएको छ ।

हमासले भने वार्तामा युद्ध रोकी इजरेली सेना गाजा क्षेत्रबाट बाहिरिनुपर्ने तथा इजरेलको कब्जामा रहेका प्यालेष्टिनी नागरिकलाई इजरेली नागरिकको बदलामा रिहा गर्नुपर्ने शर्त राखेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.