काँग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ: ‘भारतले थप सहयोगको प्रतिबद्धता जनाएको छ’

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अहिले केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

गत साउन २३ देखि २८ गतेसम्म बसेर रोकिएको बैठक आज फेरि बसेको हो।

अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व तथा वर्तमान पदाधिकारीहरुले धारणा राख्दै हुनुहुन्छ ।

पदाधिकारीहरुले आफ्नो भनाइ राख्नु अघि आज केन्द्रीय सदस्यसमेत रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणमा भएका उपलब्धिबारे बैठकमा जानकारी गराउनुभएको थियो ।

भारत सरकारको तर्फबाट राम्रो रेस्पोन्स गरेको राणाले बताउनुभयो । नेपालसँग राम्रो सम्बन्ध गाँस्न र सहयोग आदान प्रदान गर्न भारतीय प्रधानमन्त्री र अरु नेताहरु उत्सुक रहेको जानकारी बैठमा परराष्ट्रमन्त्री राणाले गराउनुभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले नेपालटिभीअनलाइनलाई बताउनुभयो ।

नेता श्रेष्ठका अनुसार परराष्ट्रमन्त्री राणाले नेपालको हवाइ रुट परमिट, पञ्चेश्वर योजना र बाढी पिडीतलाई सहयोग गर्ने विषयमा भारतीय परराष्ट्रमन्त्रीसँग कुराकानी गर्नुभएको थियो ।

यसअघि, महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने नेताहरुले बताएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.